मकवानपुर, पुस ४ :

हेटौँडाबाट सङ्घीय राजधानी काठमाण्डौँ जोड्ने सिस्नेरी- दक्षिणकाली सडकमा आजदेखि पुस ११ गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले दक्षिणकाली- छैमलेमा कालोपत्र गर्न लागिएकोले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । 

यस्तै सडक स्तरोन्नतिका लागि कुलेखानी- फाखेल- मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ ।

सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाण्डौँ जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारी साधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।