बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

एनपीएल एलिमिनेटरमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

· बुधबार, ४ पुस, २०८१ मा प्रकाशित
एनपीएल एलिमिनेटरमा कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य
पुस ४ :

एनपीएल एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । 

किर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए ।

यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र२ छक्का मदतमा ५२ रन बनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार