पुस ६ :

भारतका कंग्रेस आईका नेता राहुल गान्धीविरूद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ।

संसद्को प्रमुख प्रतिपक्षी दलको नेता समेत रहेका गान्धीविरूद्ध बिहीबार भारतीय जनता पार्टीका सांसदहरूले उजुरी दिएपछि प्रहरीले ‍एफआइआर दर्ता गरेको भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ।

संसद्‍मा बिहीबार सत्तापक्ष र विपक्षी सांसदहरूबीच धकेला धकेल हुँदा भाजपाका दुई सांसदहरू प्रताप सारंगी र मुकेश राजपुत घाइते भएका थिए। 

उनीहरूको उपचार भइरहेको हिन्दुस्तान टाइम्समा उल्लेख छ।