वासिङ्टन, पुस ८ :

‘भूलवश एफ- ए- १८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएको छ ।

दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ तर ‘प्रारम्भिक अनुसन्धानले चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको सङ्केत गरेको छ,” संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले फ्लोरिडाको स्थानीय समयअनुसार शनिबार राति जनाएको छ । 

अमेरिकी सेन्ट्रल कमान्डले भनेको छ, “यो घटना शत्रुतापूर्ण आक्रमण थिएन तर यसको पूर्ण अनुसन्धान भइरहेको छ।”

सेन्टकमका अनुसार निर्देशित क्षेप्यास्त्र क्रुजर युएसएस गेटिसबर्गले ‘भूलवश एफ- ए- १८’ लडाकु विमानमा प्रहार गरेको थियो।

इजरायलको व्यापारिक केन्द्र तेल अभिवमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहारबाट मानिस घाइते भएको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले शनिबार यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी यमनको लक्ष्यमा आक्रमण गरेको बताएको थियो ।

अमेरिकी सेनाले रेड सीमा हुथी ड्रोन र जहाजभेदी क्रुज क्षेप्यास्त्र पनि खसालेको छ ।

सन् २०२३ को अक्टोबर ७ देखि इजरायल र हमासबीच युद्ध जारी रहेको गाजामा हुथी विद्रोहीले प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाएका छन् ।