सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
विदेश

अमेरिकी कम्पनी स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क उपग्रह अन्तरिक्षमा प्रक्षेपण

· मंगलबार, १० पुस, २०८१ मा प्रकाशित
अमेरिकी कम्पनी स्पेसएक्सद्वारा २१ वटा स्टारलिङ्क उपग्रह अन्तरिक्षमा प्रक्षेपण
लस एन्जलस, पुस १० :

अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ ।

स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन नौ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।

स्पेसएक्सले पछि २१ उपग्रहहरूको तैनाती पुष्टि गर्यो, जसमा १३ डायरेक्ट टु सेल क्षमताहरू छन् ।

यो मिसनलाई समर्थन गर्न पहिलो चरण बूस्टरको १४ औं उडान थियो ।

स्पेसएक्सका अनुसार, स्टारलिङ्कले उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच अनुपलब्ध भएका स्थानहरूमा पुर्‍याउनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार