
चितवन, पुस ११ :
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म चितवनमा मह उत्सव आयोजना गर्ने भएको छ ।
परियोजनाका मौरी जोन कार्यक्रम अधिकृत रविकिरण अधिकारीका अनुसार महोत्सव स्थलमा १० वटा बिक्रीकक्ष राखेर त्यहाँ आउने जोकोहीलाई मह चखाइने छ ।
परियोजनाले मौरी जोन अन्तर्गतका मौरीपालक उद्यमी किसानका उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले बजारीकरण, ‘प्याकेजिङ, लेबलिङ’ मा सहयोग गर्दै आएको छ ।
आर्थिक वर्ष २०७५- ७६ देखि चितवनमा मौरी जोन स्थापना भएको हो । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष शिव शर्माले मह उत्सवले मौरीपालक किसानमा उत्साह भरेको बताउनुभयो ।
चितवनमा गत वर्ष आठ सय मेट्रिक टन मह उत्पादन भएको थियो ।