
काठमाडौँ, साउन २६ :
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २९ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
विभिन्न २० वटा सार्वजनिक निकायको सिफारिसका आधारमा कार्यालयले २९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
शुक्रबार सूचना जारी गर्दै कार्यालयले निर्माण कम्पनी तथा व्यवसायीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद काराबाहिमा सहभागी हुन नपाउने जनाएको छ । कार्यालयले निर्माण कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूची राखेको छ।
