काठमाण्डौं, साउन २७ :

ब्राजिलको राज्य साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार ६१ जनाको मृत्यु भएको छ ।

दुई इन्जिन भएको टर्बो प्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ।

सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ र यो खस्दै जाँदा घुमिरहेको देखिन्छ।

एटीआर ७२–५०० मा ५७ यात्रु र चार चालक दलका सदस्य सवार रहेको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार कोही पनि यात्रु जीवित नरहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।