काठमाडौँ, साउन २८ :

पेरिस ओलम्पिक्समा आज (आइतबार) धाविका सन्तोषी श्रेष्ठले म्याराथनमा प्रतिष्पर्धा गर्दैछिन् । 

युनिभर्सियालिटी कोटाबाट पेरिस ओलम्पिक्समा सहभागी भएकी सन्तोषी गत १५ गते पेरिस पुगेकी हुन्। दश दिन पेरिसमा नै उनले प्रशिक्षण गर्ने मौका पाएकी छिन् । 

५ वर्षअघि सन्तोषीले नेपालको लागि १३औं दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण दिलाएकी थिइन। 

नेपालबाट सहभागी सात मध्ये ६ खेलाडी ओलम्पिक्समा सहभागी भएर फर्किसकेका छन। जहाँ पौडीका एलेक्जेन्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड बनाएका थिए।‌

यस बाहेक अन्य खेलाडीहरू टेबल टेनिसका स्यान्टु श्रेष्ठ, पौडीकी डुवाना लामा, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएका थिए।