नयाँदिल्ली, पुस २३ :

भारतको छत्तीसगढमा माओवादी प्रभावित बिजापुरको कुत्रु बेन्द्रे सडकमा संदीग्ध माओवादीले गरेको आक्रमणमा नौ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार यो आक्रमण आईईडी विस्फोटबाट गरिएको हो ।

बस्तरका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीले भने, ‘दन्तेवाडा, नारायणपुर, बस्तर र बिजापुरबाट विशेष कार्य बल र सीआरपीएफ जवानहरूको टोली माओवादी अपरेसनबाट फर्किंदै गर्दा आक्रमण भएको थियो ।’

प्रहरीका अनुसार सोमबार दिउँसो सिपाहीको टोली कुटरु थानाको अम्बेली गाउँ नजिकैबाट जाँदै गर्दा सुरक्षा बलको गाडीमा बम विस्फोट भएको बीबीसीले समाचारमा जनाएको छ ।

विस्फोट यति शक्तिशाली थियो कि आठजना जिल्ला रिजर्भ गार्डका जवान र एक चालकको घटनास्थलमै मृत्यु भएको थियो । केही सैनिक सख्त घाइते भएको पनि समाचारमा जनाइएको छ ।