काठमाडौं, पुस २५ :

माघे संक्रान्तिका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको बढेको छ ।

काठमाडौंका तरकारी बजारहरुमा विभिन्न थरीका तरुल अहिले बिक्री वितरण भइरहेको हो । काठमाडौं उपत्यकामा मुख्यगरी सर्लाहीमा उत्पादन भएको तरुल भित्रिने गर्छ । साथै नवलपरासी, सुनसरी मकवानपुर, रामेछाप धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रे र नुवाकोटका तरुलहरू पनि काठमाडौंमा माघे संक्रान्तिका लागि बिक्री हुने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठको भनाइ छ ।

उनका अनुसार अहिले विशेषगरी घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल बिक्रीका लागि आएका छन् । अहिलेसम्म कालीमाटी तरकारी बजारमा ६ सय टन तरुल र सखरखण्ड आइपुगेको छ । उपनिर्देशक श्रेष्ठका अनुसार बजारमा अहिले ५० रुपैयाँदेखि २०० रुपैयाँ प्रतिकिलोमा तरुलको प्रकृतिका आधारमा कारोबार भइरहेको छ ।

टोखामा चाकुको चटारो [भिडियो/फोटो फिचर]

माघेसंक्रान्ति नजिकिएसँगै तरुल मात्रै होइन, बजारमा चाकुको पनि उत्पादन र व्यापार बढेको छ । जाडोमा गर्मी बढाउने अर्थात् शरीरलाई तातो बनाउन पनि यतिबेला बजारमा चाकुको व्यापार बढ्ने गर्छ । माघे संक्रान्तिको अवसरमा नेपाली समाजमा तरुल, चाकु, तिलौरालगायत खाएर मनाउने गरिन्छ ।
हेरौं थप तस्बिर :