काठमाडौं, पुस २५ :

च्याट जीपीटी बनाउने कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानलाई उनकी बहिनीले यौन शोषणको आरोप लगाएकी छिन् ।

यस मामिलामा सामकी बहिनी एन ओल्टम्यानले उनीविरुद्ध मुद्दा दायर गरेकी छिन् । सामले यी आरोपहरू अस्वीकार गरेका छन् ।

एन ओल्टम्यानले दाबी गरेकी थिइन् कि- साम ओल्टम्यानले सन् १९९७ देखि २००६ सम्म आफूलाई यौन दुर्व्यवहार गरेका थिए ।

यो मुद्दा ६ जनवरीमा मिसुरी राज्यको जिल्ला अदालतमा दायर गरिएको हो ।

यो आरोप लगाइएको छ कि जब यो सबै सुरु भयो, एन ओल्टम्यान मात्र ३ वर्षकी थिइन् । साम ओल्टम्यान भने १२ वर्षका थिए ।

साम अल्टम्यान ओपन एआईका सीईओ हुन् । ओपन एआई आफैंले आर्टिफिसियल इन्टेलिजेन्स च्याटबोट च्याट जीपीटी सिर्जना गरेको छ ।

साम अल्टम्यानले यस विषयमा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्ना दुई दाजुभाइ र आमासँग संयुक्त वक्तव्य जारी गरेका छन् । यसमा उनले बहिनीले लगाएको आरोप अस्वीकार गरेका छन् ।

वक्तव्यमा भनिएको छ, ‘सबै दाबीहरू पूर्णत: गलत छन् ।’

साम अल्टम्यानले भनेका छन् कि उनी आफ्नी बहिनीलाई आर्थिक रूपमा सहयोग गर्छन् । बहिनीको उनको बिल तिर्न र भाडा तिर्न सहयोग गर्छन् । तर ‘उनी निरन्तर हामीसँग थप पैसाका मागिरहन्छिन् ।’ -बीबीसी