नयाँ दिल्ली, पुस २९ :

भारतको नयाँ दिल्लीमा आइतबार बाक्लो हुस्सु लागेको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार भारतीय राजधानी दिल्लीमा शहरमा मेघगर्जनअसिनासहित वर्षाको चेतावनी जारी गरेको छ ।

आइतबार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ ।

‘इन्डिया गेट’ को श्रव्य दृष्यमा राष्ट्रिय राजधानी नयाँदिल्लीमा दृश्यता  प्रतिशत करिब शून्य रहेको बताइएको छ । 

“शनिबार राष्ट्रिय राजधानीमा हल्का वर्षा भएको र न्यूनतम तापक्रम ७. ७ डिग्री सेल्सियसमा झरेको थियो।

त्यसैगरी, कानपुर र ग्वालियरजस्ता शहरमा पनि बाक्लो हुस्सु लागेको छ ।  आईएमडीका अनुसार शनिबार दिल्लीको औसत तापक्रम ११ डिग्री सेल्सियस मापन गरिएको थियो । 

प्रतिकूल मौसमका बावजुद इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै पनि उडान डाइभर्सन वा रद्द गरिएको छैन। यद्यपि, कुहिरोका कारण धेरै रेलहरूको सेवामा ढिलाइको सामना गर्नुपरेको छ । -एएनआई