काठमाडौं, माघ ७ :

पत्रकार मनोहरि थापाद्वारा निर्मित चलचित्र ‘एक्टर’ देशैभरका सिनेमा घरमा चलिरहेको छ । यही शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रमा युवा पुस्तालाई लक्षित हौसला प्रदान गर्ने कथावस्तु समेटिएको निर्माता थापाको भनाइ छ । चलचित्रमा नायक प्रिन्स थापा मगरको डेब्यु छ ।

विशेष शोहरुमा दर्शकबाट प्रशंसा बटुल्न सफल ‘एक्टर’मा नायक, नायिका नयाँ भए पनि उनीहरुको काम अहिलेका चल्तीका स्थापित कलाकारहरुको भन्दा कम नभएकाले आफू सन्तुष्ट रहेको निर्देशक मदन घिमिरेले बताए ।

आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपूर्ण ‘एक्टर’मा मुख्य नायक थापाको साथमा शिवानी गिरी, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाहलगायत कलाकारको अभिनय छ ।

चलचित्रमा सम्राट थापाको कथा तथा संगीत छ । उक्त चलचित्र ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको निर्देशक घिमिरेले जानकारी दिए ।