आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
समाचार प्रदेश बागमती प्रदेश

सवारी प्रदूषण जाँच : ४० सवारीसाधनमध्ये ३१ वटा फेल

आजसम्म १६० वटा सवारीको जाँच, एक सयवटा फेल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ८ माघ, २०८१ मा प्रकाशित
सवारी प्रदूषण जाँच : ४० सवारीसाधनमध्ये ३१ वटा फेल
काठमाडौं, माघ ८ :

काठमाडौंको चक्रपथ-सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारीसाधनको प्रदूषण जाँच गर्दा ७८ प्रतिशत अर्थात् ३१ वटा फेल भेटिए ।

पुस २९ गतेबाट थालिएको जाँचका क्रममा आज (सोमबार) सम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० गरी १६० वटा सवारी साधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ र पेट्रोलबाट चल्ने ६ सवारीसाधन फेल भएका छन् ।

माघ ६ गते टेकुमा जाँच गरिएका ४० सवारीसाधनमध्ये ३३ वटा फेल भएका भेटिए । माघ ४ गते सिनामंगल क्षेत्रमा २० वटा सवारीसाधनको चेकजाँच गर्दा १० वटा प्रदूषण मापदण्डबाहिरका पाइए । माघ ३ गते पानीपोखरी क्षेत्रमा २० सवारीसाधनको चेकजाँच गर्दा १४ वटा फेल भएका साधन थिए ।

५ कार्य दिनमा १२० वटा जाँच्दा ५१ पास, ६९ वटा फेल

माघ २ गते जमल क्षेत्रमा २० वटाको जाँच गर्दा ६ वटा फेल थिए । पुस २९ गते बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा फेल थिए । यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारीसाधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कबुलियतनामा गराइएको छ ।

वायु प्रदूषण नियन्त्रणका प्रयासमध्ये सवारीसाधनबाट निस्कने प्रदूषक तत्त्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार