
तनहुँ, माघ ९ :
तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३ ००१ प ०३१० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्ग अन्तर्गत बेलभन्ज्याङमा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा रहेका दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलिनसकेको तनहुँ प्रहरीले जनाएको छ ।