
काठमाडाैं, माघ ९ :
नागरिक एपमा मंगलबारदेखि राष्ट्रिय परिचयपत्र राखिएको छ । अब राष्ट्रिय परिचय पत्र छापिएर आएका सबै नागरिकको परिचयपत्र त्यहाँ हेर्न सक्नेछन्।
नागरिक एपभित्र ‘नेसनल आईडी’ अप्सनमा गएर त्यहाँ आफ्नो परियचपत्र नम्बर (निन) नम्बर राखेपछि सम्बन्धित नागरिकको परिचयपत्र देखापर्छ ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपलाई थप प्राविधिक परीक्षण गरिएपछि प्रयोगमा ल्याइएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक युवराज कट्टेलले बताए ।
अब राष्ट्रियपत्र नम्बर (निन) पाएका १ करोड ६१ लाख नागरिकले राहदानी, बैंक अकाउन्ट, टेलिकमको सिमकार्ड लगायतका सेवा सहजै लिन पाउनेछन् ।
हालसम्म ६० लाखभन्दा बढी परिचयपत्र छापिएको विभागले जानकारी दिएको छ । हालसम्म २० लाख कार्ड मात्रै वितरण भएको छ ।