सोमबार, २३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
विदेश

श्रीलङ्कामा भारी वर्षा, २७ हजार परिवार विस्थापित

· शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
कोलम्बो, माघ १२ :

श्रीलङ्कामा भारी वर्षाका कारण दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ ।

प्रकोपका कारण श्रीलङ्काका २७ हजार ७३३ परिवारका ९२ हजार ३८२ भन्दा बढी प्रभावित भएको डीएमसीले जनाएको छ ।

शनिबार देशका धेरैजसो स्थानमा ७५ मिलिमिटरभन्दा बढी भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सरकारले प्रकोपबाट प्रभावितहरूलाई सहयोग गर्न आवश्यक सबै कदम चालिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार