
काठमाडौं, माघ १३ :
गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘डार्लिङ’ सार्वजनिक भएको छ । टेक बीसी र मीना पोख्रेलको स्वर, भीम बीसीको संगीत, केशव बडूको एरेन्ज र कुमार रानाको मिक्सिङ एवं मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा पल शाह र ईशा परियारको अभिनय छ । डान्सिङविटमा रहेको गीत जति राम्रो छ भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
पवन शुसलिङ र टिमले छायांकन गरेको गीतको भिडियोमा मिलन विश्वकर्माको दृश्य सम्पादन एवं कलरिङ छ । गीतको भिडियो हरिभक्तको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । एक दर्जनभन्दा बढी पुस्तक प्रकाशन गरेका हरिभक्त गीत लेखनमा पनि त्यतिकै सक्रिय छन् ।
