आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार कर्णाली प्रदेश

रुकुममा विवाह गर्न भागेको जोडी मृत फेला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १३ माघ, २०८१ मा प्रकाशित
तस्विरः गाेरखापत्र
रुकुम, माघ १३ :

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा एक जोडी मृत अवस्थामा फेला परेका छन्।

लोकेन्द्र खड्का र वडा नम्बर ६ की सपना पुन मगर लोकेन्द्रको घरमा मृत अवस्थामा फेला परेका हुन्। चार दिन अघि विवाहका लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएका थिए।

त्रिवेणी गाउँपालिका-४ का वडाध्यक्ष नन्नराम बाँठाका अनुसार शनिबार बिहान लोकेन्द्रको अस्थायी टहरामा दुवै जना मृत अवस्थामा फेला परेका हुन्। लोकेन्द्र झुन्डिएको अवस्थामा र सपनाको शव भुइँमा लडेको अवस्थामा भेटिएको थियो। 

घटना हुँदा लोकेन्द्रका बुवा-आमा भने उपाचारका लागि नेपालगञ्ज गएका थिए ।प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार