
रुकुम, माघ १३ :
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा एक जोडी मृत अवस्थामा फेला परेका छन्।
लोकेन्द्र खड्का र वडा नम्बर ६ की सपना पुन मगर लोकेन्द्रको घरमा मृत अवस्थामा फेला परेका हुन्। चार दिन अघि विवाहका लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएका थिए।
त्रिवेणी गाउँपालिका-४ का वडाध्यक्ष नन्नराम बाँठाका अनुसार शनिबार बिहान लोकेन्द्रको अस्थायी टहरामा दुवै जना मृत अवस्थामा फेला परेका हुन्। लोकेन्द्र झुन्डिएको अवस्थामा र सपनाको शव भुइँमा लडेको अवस्थामा भेटिएको थियो।
घटना हुँदा लोकेन्द्रका बुवा-आमा भने उपाचारका लागि नेपालगञ्ज गएका थिए ।प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।