काठमाडौं, माघ १५ :

माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवका अवसरमा मोडर्न नेपाल कलेजमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको छ ।

क्यापिटलले वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना अनुरुप सोह्रखुट्टेमा रहेको मोडर्न नेपाल कलेजमा आइतबार वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा स्नातक तहमा अध्यनरत विद्यार्थीका साथै कलेजका कर्मचारी तथा शिक्षकलाई सेयर बजारको प्रारम्भिक शिक्षा, प्राविधिक विश्लेषणसम्बन्धी प्रशिक्षण तथा यसको प्रभावकारिताबारे जानकारी तथा साक्षरता प्रदान गराइएको छ ।

क्यापिटलले माघ महिनाभरी रक्तदान लगायत, वित्तीय साक्षरता, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई विभिन्न सहयोग, आफ्ना विभिन्न सेवाहरुमा छुट लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ । 
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ  ।