काठमाडौं, माघ १५ :

नेकपा एमालेका नेता महेश बस्नेतले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेको अदालत धरौटीमा बैंक ग्यारेन्टी बस्ने प्रभु बैंकप्रति प्रश्न उठाएका छन् ।

उनले  सामाजिक सञ्जाल फेसबुकमा सोमबार लामिछानेप्रति कटाक्ष गर्दै प्रभु बैंक र रवि लामिछानेबीचको कनेक्सन के हो ? भनी प्रश्नसमेत गरेका छन् । साथै प्रभु बैंक र गोर्खा मिडियासँगको कनेक्सनमा पनि बस्नेतले शंका जनाएका छन् ।

उनले लेखेका छन् , ‘विभिन्न सहकारीबाट पैसा ठगेर ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया जीबी राई र रवि लामिछानेलाई संरक्षण किन गर्दै छ प्रभु बैंक ?  केही न केही गलत र आपराधिक कर्ममा यिनीहरूको साँठगाठ हुनुपर्छ ।’बस्नेतले यसबारे छानबिन गरी कारबाही गर्न पनि माग गरेका छन् ।

गरिब युवाहरूले व्यवसाय गर्छुभन्दा पाँच लाख नपत्याउने, सरकारले सर्टिफिकेट र परियोजना धितो राखेर युवाहरूको रोजगारीका निमित्त ९ वटा सेक्टरमा १५ लाखदेखि २ करोड लोन प्रवाह गर भन्दा नटेर्ने वाणिज्य बैंकहरु ठगीको अभियोग लागेका व्यक्तिलाई रातारात विनाधितो  २ करोड २५ लाख किन उपलब्ध गराइरहेको छन् ? उनको जिकिर छ ।

याे पनि‍…

कास्की जिल्ला अदालतको आदेशविरुद्ध रवि पुगे उच्च : साधारण तारेखमा बसी मुद्दाको पुर्पक्ष गर्न माग

सहारा सहकारी ठगी प्रकरण : रविविरुद्ध चितवनमा पनि मुद्दा दर्ताको तयारी

रुपन्देहीमा पनि रवि कसुरदार : १ करोड धरौटीमा छुटे