
सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ ।
हिउँदे अधिवेशनको तयारीबारे छलफल गर्न सरकार पक्षीय दलहरूको बैठक आज बसेको हो । बैठकमा आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशन, पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल भएको छ ।
विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशनबाट धेरै कानुन निर्माण गर्ने तयारीमा सरकार रहेको छ । सरकारले ल्याएको अध्यादेशकाबारेमा एउटै धारणा तय गर्न प्रधानमन्त्रीले यो बैठब गरेका हुन् ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव लगायत ती दलका अन्य नेताहरुको पनि उपस्थिति रहेको छ ।