
काठमाडौँ, माघ १६ :
आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । हिउँदे अधिवेशनको तयारी स्वरुप सभामुख देवराज घिमिरेले मङ्गलबार दिउँसो एक बजे सिंहदरबारमा बैठक बोलाएका हुन् ।
यही माघ १८ गते सुरु हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको तयारी तीव्र पारिएको छ । यसका लागि सभामुख घिमिरेले सक्रियता बढाएका छन् ।
साथै, संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले छुट्टा छुट्टै संवाद गरिरहेका छन् ।
हिजो सोमबार दलका मुख्य सचेतक र सचेतकहरूसँग सिंहदरवारमा छलफल भएको थियो । यसअघि सभामुखले आइतबार सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग पनि छुट्टाछुट्टै छलफल गरेका थिए ।