
काठमाडौँ, माघ १६ :
नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।
माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी, अध्यादेशप्रति पार्टीको धारणा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।
एमालेले पनि अध्यादेशबारे पार्टीका सबै नेता तथा सांसदको एउटै धारणा बनाउन खोजेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए । संसद्को अधिवेशन सुरु हुनु ३ दिन अघि एमालेले दलको बैठक बोलाएको हो।