आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका विषय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १६ माघ, २०८१ मा प्रकाशित
एमाले संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका विषय
काठमाडौँ, माघ १६ :

नेकपा एमालेले आज संसदीय दलको बैठक बोलाएको छ । 

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।

माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी, अध्यादेशप्रति पार्टीको धारणा लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

एमालेले पनि अध्यादेशबारे पार्टीका सबै नेता तथा सांसदको एउटै धारणा बनाउन खोजेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए । संसद्को अधिवेशन सुरु हुनु ३ दिन अघि एमालेले दलको बैठक बोलाएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार