नुवाकोट, साउन ३२ :

नुवाकोटको विदुर नगरपालिका-६ स्थित निर्माणाधीन केन्द्रीय कारागार कैदीबन्दी राख्न तयार भएको छ ।

पहिलो चरण अन्तर्गत एक हजार तीन सय ७० जना कैदीबन्दी राख्न कारागारको भौतिक संरचना तयार भएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

विभागले अनुगमन गरी उपयुक्त देखिएको भन्दै अब कैदीबन्दी राख्न बाटो खुला भएको जनाएको हो ।