काठमाडौं, माघ २३ :
गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा निर्माण हुने केबलकार विवादबारे कोशी प्रदेशका कांग्रेस सभापतिसँग छलफल गरेका छन् ।
विवादको दिगो समाधानका लागि गृहमन्त्री लेखकले मंगलबार आफू सम्बद्ध पार्टी नेपाली कांग्रेसका कोशी प्रदेशका जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।
दिगो समाधानका लागि गृहमन्त्रीले आफूहरुसँग राय मागेको छलफलमा सहभागी ताप्लेजुङ कांग्रेसका उपसभापति डिल्लीरमण बरालले जानकारी दिए ।
सहभागी जिल्ला सभापति तथा प्रतिनिधिले संवादमार्फत विवाद टुंग्याउन सुझाव दिएका छन् । असन्तुष्ट पक्षलाई पनि सहमतिमा ल्याएर बनाउनु पर्छ भन्ने धेरैजनाको धारणा रहेको बरालले बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सर्वोच्चको पूर्ण बैठक : न्यायालयमाथि उठाइएका विविध विषयमा छलफल
विपद् प्रतिकार्यमा छोटो ‘चेन अफ कमाण्ड’ हुनुपर्छ : प्रधानसेनापति सिग्देल
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा