
माघ २४ :
भ्रष्टाचारको आरोपमा फिलिपिन्सकी उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध महाअभियोग लाग्ने भएको छ । संसद्ले उनीविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान भएको छ ।
संसद्मा बुधबार भएको मतदानमा प्रतिनिधिसभाका कुल ३ सय ६ सदस्यमध्ये २ सय १५ जनाले महाभियोगको पक्षमा मतदान गरेका छन् ।
पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी समेत रहेकी सारालाई सार्वजनिक कोषमा करोडौं डलरको दुरुपयोग गरेको आरोप लगाइएको छ ।
उपराष्ट्रपति साराले आफू राजनीतिक प्रतिशोधको शिकार भएको जनाउँदै आरोप अस्वीकार गर्दै आएकी छन् । बीबीसी