काठमाडौँ, भदौ १ :

अमेरिकी विदेश मन्त्रालयका उप विदेशमन्त्री रिचार्ड आर. वर्मा आज नेपाल आउँदै हुनुहुन्छ ।

उप विदेशमन्त्री रिचार्डले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतका उच्च अधिकारीलाई भेट्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

त्यस्तै नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि तथा व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ । 

नेपालको एक दिने भ्रमण सकेर उहाँ भोलि शनिबार भारत प्रस्थान गर्ने बताइएको छ ।