बुधबार, ४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
खेलकुद क्रिकेट

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट : फाइनलमा आज डडेल्धुरा र अत्तरिया खेल्दै

· सोमबार, २९ माघ, २०८१ मा प्रकाशित
अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट : फाइनलमा आज डडेल्धुरा र अत्तरिया खेल्दै
कैलाली, माघ २९ :

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा दिउँसो १ बजे हुने फाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र सिवाइसी अत्तरिया भिड्नेछन् ।

न्यू होराइजन बुटवललाई हराएर डडेल्धुरा फाइनलमा पुगेको हो भने  डिसिए धनगढीलाई  पराजित गर्दै अत्तरिया अन्तिम २ मा सुरक्षित भएको  हो । फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

डडेल्धुरामा कुशल भुर्तेल, सन्दीप जोरा, विनोद भण्डारीलगायतका स्टार खेलाडी रहेका छन् । अत्तरियामा भीम सार्की, विवेक यादव, साहव आलम जस्ता नामी खेलाडी आवद्ध छन् ।

नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/ ५० हजार पाउनेछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार