हेटौंडा, भदौ १ :
कर वृद्धिको विरोधमा हेटौंडाका व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
व्यवसायीहरूले आज आफ्ना व्यवसाय बन्द गरेर हेटौंडा उपमहानगरको कार्यालयमा धर्ना दिएका हुन् ।
आन्दोलनको नेतृत्व मकवानपुर उद्योग वाणिज्य संघले गर्दै आएको जनाइएको छ ।
पाँच दिनदेखी आन्दोलनमा रहेका व्यवसायीहरूले आज उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा र उप-प्रमुख राजेश बानियाँलाई व्यवसायिक सटरको साँचो बुझाएका छन् ।