काठमाडौं, माघ २९ :

प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले दलित समुदायमाथि राज्यका संयन्त्रको प्रयोग गरिनु घोर अन्याय भएको आरोप लगाएका छन् ।

सोमबारको बैठकमा उनले संविधानको मर्मविपरीत हरेक वर्ष दलित समुदायमाथि दमन र अन्याय गरिएको बताए । साथै, उनले राज्य संयन्त्र र संस्थाहरू दलितलाई मान्छे हुन नदिनका लागि प्रयोग भइरहेका आरोपसमेत लगाए ।

उनले व्यवस्था परिवर्तन गरेर संविधान निर्माण गरे पनि दलित समुदायका नागरिकलाई गैरदलितसँग विवाह गरेकै कारण मारिनुपर्ने र प्रेम गरेका कारण दलित घरबाट निकालिनुपर्ने अवस्था सिर्जना भइरहेकोप्रति ध्यानाकर्षण गराए ।

परियारले भने, ‘पैँतीस सय वर्षदेखि दलितलाई मान्छे हुन नदिएको र जात व्यवस्थाको आधारमा गैरदलितलाई चेतनशील मान्ने राज्यले संविधानको सम्मान गर्नुपर्ने हो ।’

सभामुखमार्फत सरकारसँग जवाफ माग्दै परियारले दलित समुदायमाथिको निरन्तर दमन र अन्यायको बारेमा सरकारको ध्यानाकर्षण गराए ।

थप भिडियोमा :