काठमाडौं, माघ २९ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रण र बन्द गर्न नभई नियमन गर्न ल्याइएको दाबी गरेका छन् ।

संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग सोमबार कुरा गर्दै उनले विधेयकमा कतै बन्द गर्ने भनेर लेखिएको छ र ? भन्दै प्रतिप्रश्नसमेत गरे । उनले विधेयकमा नियमन गर्ने कुरा लेखिएको दाबी पनि गरे ।

‘सामाजिक सञ्जालसम्बन्धी विधेयकमा बन्द गर्ने कुरा गरिएको छैन । नियमन गर्ने कुरा गरिएको छ । नियमन गर्न विधेयक ल्याएको हो । बन्द गर्न, नियन्त्रण गर्न ल्याइएको होइन । संसदबाट पास हुन्छ,’ उनले भने ।

विधेयक संसद्‌बाट पारित हुने भएकाले निर्णय संसद्‌ले नै गर्ने बताए ।