काठमाडौँ, भदौ १ :

नेपाल राष्ट्र बैङ्कले सहायक निर्देशकसहित विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ । बैङ्कले आज गोरखापत्रमा सार्वजनिक सूचना जारी गर्दै सहायक र सहायक सूचना प्रविधि पदका लागि आवेदन माग गरेको हो । 

बैङ्कले जारी गरेको सूचनामा सहायक निर्देशक ३४ जना, सहायक १३ जना र सहायक सूचना प्रविधि ५ जनामा आवेदन आह्वान गरेको छ। योग्य नेपाली नागरिकले भदौ २० सम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।