
मिर्जापुर, फागुन ४ :
उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेला दर्शन गर्न जाँदै गरेको गाडी दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
गएराति प्रयागराज-मिर्जापुर राजमार्गमा बोलेरो गाडी र बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मृत्यु हुने सबै जना बोलेरोमा सवार व्यक्ति हुन् । उनीहरू छत्तीसगढको कोरबा जिल्लाबाट महाकुम्भ स्नानका लागि प्रयागराज आउँदै थिए। बोलेरोमा अड्किएका शवहरू निकाल्न उद्धारकर्मीलाई करिब डेढ घण्टा लागेको थियो। यस दुर्घटनामा बसमा सवार १९ जना यात्रु घाइते भएका छन्।