काठमाडाैं, फागुन ४ :

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलाको सेक्टर १८ र १९ बीचमा शनिबार आगलागी भएको छ।

प्रयागराजका एडीजी भानु भास्करले आगलागीको खबर पाएको ५ मिनेटभित्रै दमकल, आपत्‌कालीन सेवा र डीआईजी मेला घटनास्थलमा पुगिसकेको बताए । 

बारुणयन्त्र त्यहाँ पुगेको केही समयमै आगो निभाइएको थियो ।यस घटनामा मानवीय क्षति भएको छैन । प्रहरीले आगलागीको घटनाबारे अनुसन्धान  सुरु गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।