नयाँ दिल्ली, फागुन ६ :

चौतर्फी विरोधपछि भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीहरूलाई फिर्ता बोलाएको छ ।

विश्वविद्यालयले सोमबार साँझ सूचना निकालेर नेपाली विद्यार्थीहरूलाई फिर्ता भएर अध्ययन नियमित गर्न अपिल गरेको हो । नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा अनुसन्धान गर्न माग गरेपछि विश्वविद्यालय व्यवस्थापनले नेपाली विद्यार्थीहरूलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।

लम्साल विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी थिइन् । त्यस घटनालाई नेपाली विद्यार्थीहरुले शङ्कास्पद ठानेका छन् । विश्वविद्यालयले प्रकृतिको मृत्यु प्रकरणसँग जोडिएका आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको पनि जानकारी गराएको छ ।

यो पनि…

प्रकृति लम्साल मृत्यु प्रकरण : सरकारले कूटनीतिक तवरले काम गरिरहेको छ : प्रधानमन्त्री

नेपाली दूतावासले भन्यो - भारत सरकारसँग सम्पर्क भइरहेको छ

भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु : अनुसन्धानको माग गर्नेलाई कलेजले धम्क्याउँदै निकाल्यो [भिडियोसहित]

प्रकृति लम्साल मृत्यु प्रकरण : अनेरास्ववियुद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन