शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार

साझा प्रकाशनको अध्यक्षमा शेखर गिरी चयन 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ११ फागुन, २०८१ मा प्रकाशित
साझा प्रकाशनको अध्यक्षमा शेखर गिरी चयन 
ललितपुर, फागुन ११ :

साझा प्रकाशनकाे २५औँ साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा शेखर गिरी सर्वसम्मत चयन भएका छन् ।

साधारणसभाले अध्यक्ष र एक महिलासहित तीन सञ्चालक समिति सदस्य, लेखा सुपरीवेक्षण समितिमा सर्वसम्मत नेतृत्व चयन गरेको हो । 

प्रकाशनको सञ्चालकमा महिलातर्फ जयन्ता पोखरेल, खुलातर्फ प्रा डा ध्रुव घिमिरे र मनोहर लामिछाने, लेखा सुपरिवेक्षण समिति संयोजकमा वशिष्ठकुमार अधिकारी, सदस्यमा राजकुमार थापा र बसुधा पाण्डे बस्नेत निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका सदस्यसचिव भेषराज घिमिरेले जानकारी दिए ।

साधारणसभाको उद्‌घाटन सत्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले साझा प्रकाशन प्राज्ञिक थलो भएकाले देखिएका समस्या समाधान गर्न आफू  प्रयासरत रहेको बताए । 

प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले संस्थागत रूपमा निर्णय गरेर साझाका किताब सहजै बिक्री हुने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।

नवनिर्वाचित नेतृत्वलाई साझा प्रकाशनलाई चलायमान बनाउन सक्ने क्षमता विकास गर्न सुझाव दिए । उनले सम्पर्क मन्त्रालयका सबै कागजात छाप्नेगरी विकास गर्न आग्रह गर्दै सरकारका सबै पुस्तकालयमा साझा प्रकाशनका किताब हुनुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार