काठमाडौं, फागुन १२ :

संघीय संसद्‌अन्तर्गत राष्ट्रिय सभाको बैठक बसिरहेको छ ।

बैठकमा राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएका भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६, विद्युतीय व्यापार विधेयकका सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची छ ।

यस्तै २०८०, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
हेर्नुहोस् लाइभ :