नवलपरासी, भदौ ५ :

बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बौदिकाली गाउँपालिका- ३ स्थित जन्ती पहिरो भन्ने स्थानमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

जन्ती पहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदो सहितको पहिरो खसेपछि करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।

वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो । 

कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ- गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।