
काठमाडौँ, भदौ ५ :
कर्णाली प्रदेश सरकारले आज प्रदेश स्थापना तथा सहिद दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदै छ ।
दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतमा मङ्गलबार र्याली निकालिएको छ ।
र्यालीमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेल, प्रदेशका कर्मचारी तथा अन्य सहभागीहरुको उपस्थिति रहेको छ ।