चितवन, भदौ ५ :

पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । 

आज बिहान पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ३ मौवाखोला र फिस्लिङको बीचमा लेदो सहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको हो । 

पानी परिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बताउनुभयो । मेसिन तयारी अवस्थामा रहेको र पानी रोकिएपछि पहिरो पन्छाइने निरीक्षक भण्डारी बताउनुभयो ।