सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
विदेश

ह्वाइट हाउसमा ट्रम्प-जेलेन्स्की चर्काचर्की : भएन सहमति, तनावपूर्ण भेटमा के भयो ?

अमेरिकी राष्ट्रपति ट्रम्पसामु जेलेन्स्कीले भने- हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौं
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १८ फागुन, २०८१ मा प्रकाशित
ह्वाइट हाउसमा ट्रम्प-जेलेन्स्की चर्काचर्की : भएन सहमति, तनावपूर्ण भेटमा के भयो ?
ह्वाइट हाउसमा बहस गर्दै जेलेन्स्की र ट्रम्प । तस्बिर : बीबीसी
वासिंटन, फागुन १८ :

ह्वाइट हाउसको ओभल अफिसमा शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्तामा चर्काचर्की परेको छ ।

दुर्लभ खनिज सम्झौता र अमेरिकालाई रूसको पक्षमा जान रोक्ने उद्देश्यले युक्रेनी राष्ट्रपति जेलेन्स्की वासिंटन पुगेका थिए । ट्रम्प र जेलेन्स्कीबीच चर्काचर्की परेसँगै उक्त सम्झौता अब असफल भएको छ । बीबीसीका अनुसार ट्रम्पले जेलेन्स्की शान्ति नचाहने आरोप लगाउँदै उनी सहमत भएनन् भने यो युद्धबाट अमेरिका बाहिरिने चेतावनी दिए ।

यस क्रममा ट्रम्पले युक्रेनले रुससँगको युद्ध जित्न नसक्ने दाबी पनि गरे । ट्रम्पले जेलेन्स्कीलाई अमेरिका र अमेरिकी जनताको अनादर गरेको आरोप पनि लगाए ।

ट्रम्पले जेलेन्स्कीको राम्रो स्थिति नभएको र युक्रेनसँग कुनै उपाय नभएको टिप्पणी गरेका थिए । जवाफमा जेलेन्स्कीले आफूले कुनै खेल नखेलिरहेको भन्दै गम्भीर रहेको दाबी गरे । उनले आफूहरु युद्धविरामको पक्षमा रहेको बारम्बार दोहोर्‍याए । त्यसक्रममा जेलेन्स्कीले भने, ‘हामी ग्यारेन्टीसहितको युद्धविराम चाहन्छौं ।’

दुई नेताबीचको चर्को बहसका कारण बैठकपछि गर्ने भनिएको पत्रकार सम्मेलन पनि रद्द गरियो, बरु जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर निस्कने बाटो देखाइयो ।

भेटका क्रममा ट्रम्पले जेलेन्सकीलाई लाखौं मानिसको जीवनसँग जुवा खेल्दै गरेको आरोपसँगै तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको समेत भने । जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई विश्वास गर्न नसकिने भन्दै मस्कोप्रति नरम रवैया नअपनाउन आग्रह गर्दै राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति भान्सको प्रतिवाद गरेका थिए ।

ट्रम्प र जेलेन्स्कीबीच बहस भइरहँदा अमेरिकाका लागि युक्रेनकी राजदूत ओक्साना मार्कारोभा अत्यन्तै तनावग्रस्त अवस्थामा थिए । ओभल अफिसबाट जारी गरिएको भिडिओमा मार्कारोभाले आफ्नो निधार र अनुहारमा हात राखेको देखिन्छ ।

दुई नेताबीचको चर्को बहसका कारण बैठकपछि गर्ने भनिएको पत्रकार सम्मेलन पनि रद्द गरियो । बरु जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिर निस्कने बाटो देखाइयो ।

बैठकपछि ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै जेलेन्स्कीविरुद्ध विभिन्न आरोप लगाएका छन् । ट्रम्पले भने, ‘बैठकमा धेरै कुराहरू आए । तर राष्ट्रपति जेलेन्स्की शान्तिको लागि तयार छैनन् किनभने अमेरिका यसमा संलग्न छ । मलाई कुनै फाइदा चाहिँदैन । म केवल शान्ति चाहन्छु ।’

‘उनीहरूले अमेरिकाको अपमान गरेका छन् । यदि उनीहरू शान्ति चाहन्छन् भने, उनीहरू यहाँ फर्केर आउन सक्छन्,’ ट्रम्पले भनेका छन् ।

तर युरोपेली नेताहरूले सामाजिक सञ्जालका माध्यमबाट जेलेन्स्कीलाई समर्थन गरेका छन् ।

यो पनि…

ह्वाइट हाउसमा जेलेन्स्कीलाई उनको पोसाकबारे सोधियो, यस्तो रह्यो उनको जवाफ

युक्रेनलाई जस्टिन ट्रुडोको समर्थन, भने- उनीहरूको लडाइँ लोकतन्त्रका लागि हो
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार