काठमाडौं, फागुन १९ :

वैदेशिक रोजगारीबाट पैसा नकमाइ स्वदेश फर्किन बाध्य युवाको पीडा समेटिएको नेपाली चलचित्र ‘प्रेम पूजा’ काव्या फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

चलचित्रमा राज न्यौपाने, नियुक्ति शेर्पा, समिता रिजाल, विष्णु भण्डारी, विश्वनाथ घिमिरे, शिला कटुवाल, अरुण दर्नाल र दिलीप न्यौपाने प्रमुख भूमिकामा छन् ।

कलाकारहरूको सशक्त अभिनयले कथालाई जीवन्त बनाउँदै दर्शकलाई गहिरो भावनात्मक रूपमा जोड्न सफल भएको छ ।

चलचित्रको छायांकन रामकृष्ण चौलागाईंले गरेका छन् । सम्पादनको जिम्मेवारी सुवास देवकोटाले सम्हालेका छन् । सहायक निर्देशनमा इन्दिराराज न्यौपानेको महत्त्वपूर्ण योगदान छ । जसले चलचित्रलाई अझ प्रभावशाली बनाएको छ ।

‘प्रेम पूजा’ निर्देशक राज न्यौपाने निर्देशनमा तयार पारिएको उत्कृष्ट सिनेमाटिक कृति हो । चलचित्रले कथावस्तु, निर्देशनको कलात्मक दृष्टिकोण र सिनेमाटोग्राफीको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै नेपाली चलचित्र उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।

प्रेमकथा मात्र नभई, प्रेम, समर्पण, संघर्ष, जीवनका चुनौती, प्रतिबद्धता, र आत्मबलिदानको गहिराइलाई कलात्मक रूपमा उजागर गर्ने यो चलचित्र भावनात्मक रूपमा हृदयस्पर्शी छ । दमदार अभिनय, सशक्त कथा र उत्कृष्ट प्राविधिक पक्षले भरिएको ‘प्रेम पूजा’ हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण दर्शकलाई आग्रह गरेको  छ ।