काठमाडौँ, भदौ ६ :

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। 

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेकोले हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । 

अहिले बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक- दुई स्थानमा मेघ गर्जन- चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 काठमाडौँ उपत्यकामा आज बिहानैदेखि पानी परिरहेको छ ।

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक- दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ ।

राती पनि देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरुमा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।