
बागलुङ, भदौ ६ :
बागलुङको वृहत लिफ्ट खानेपानी आयोजनास्थल नजिकै पहिरो गएको छ।
बागलुङ नगरपालिका- ३ कैलामपोखरी स्थित ३४ करोड रुपैयाँको लागतमा निर्माणको अन्तिम चरणमा रहेको आयोजना सञ्चालनमा नआउँदै पहिरो गएपछि जोखिममा परेको हो ।