जुम्ला, भदौ ६ :
अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
सुर्खेत- जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिनुभयो ।
बाढी पहिरोले बन्द भएका सडक छिटोभन्दा छिटो सञ्चालनमा आउनेगरी काम भइरहेको सूचना अधिकारी जिटीको भनाइ छ।
विशेषगरी वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।
सडक बन्द हुँदा जुम्ला, मुगुबाट सुर्खेत, नेपालगन्ज र काठमाडौँ आवतजावत गर्ने सवारी साधन बिच बाटोमा रोकिँदा सयौँ यात्रुहरू अलपत्र परेका छन् ।