नुवाकोट, भदौ ६ :

नुवाकोटको विदुर नगरपालिका- ५ कार्यालयले वडा भित्र हुने घटना दर्ता अन्तर्गत जन्म र मृत्युमा पाँच हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

गत आर्थिक वर्षदेखि शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए पाँच हजार उपलब्ध गराउन सुरु गरेको वडाले चालु आवदेखि मृत्यु भएका व्यक्तिको परिवारलाई पनि पाँच हजार उपलब्ध गराउन सुरु गरेको हो । 

उक्त कार्यक्रम नगरसभाबाट स्वीकृत गराई वडाले आफ्नै बजेटमा सहयोग रकम उपलब्ध गराउन सुरु गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिनुभयो ।