काठमाडौँ, फागुन २३ :

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

बिहान देशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा  मौसम मूख्यतया सफा रहेको छ ।  तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

त्यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।