काठमाडौँ, फागुन २५ :

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

 अहिले बिहान देशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा छिटफुट देखि हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली  रही बाँकी भू- भागमा  आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै, राती कोशी प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली  रही बाँकी भू- भागमा  आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।