शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार

चार प्रदेशमा छिटफुट देखि हल्का वर्षा, केही ठाउँमा हिमपातको सम्भावना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
चार प्रदेशमा छिटफुट देखि हल्का वर्षा, केही ठाउँमा हिमपातको सम्भावना
काठमाडौँ, फागुन २५ :

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

 अहिले बिहान देशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा छिटफुट देखि हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया बदली,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली  रही बाँकी भू- भागमा  आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

त्यस्तै, राती कोशी प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली  रही बाँकी भू- भागमा  आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार